सन्धिखर्क, अर्घाखाँची । लैंगिक हिंसा अन्त्य गरौं : कुरा होइन, काम गरौं भन्ने मुल नाराका साथ १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लैङ्गिक हिंसा बिरुद्ध जिल्ला समन्वय समिती, अर्घाखाँचीको आयोजना तथा संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को सहयोगमा २५ फाल्गुन २०६९ ९ ( 8 March 2013) मा अर्घाखाँचीमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
जुन कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री गोविन्दमणि भुर्तेलले गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला विकास समितीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत ध्रुव गिरी, नेपाल बार एसोशिसनका विजय के.सी तथा संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) का जिल्ला अधिकृत पुर्ण विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जसमा मुख्य रुपमा जिल्लामा भए गरेका महिला हिंसाका घटना विवरण तथा राजनैतिक दलहरुमा महिला सहभागिताको विषय समेटिएको थियो ।
जस अन्तरगत २०६९ असार मसान्त देखी फाल्गुण २०६९ सम्ममा अर्घाखांची जिल्लामा शारीरिक हिंसा (कृटपिट) का १८, मानसिक हिंसा (गालि बेईजती)का २८, जबरजस्ती करणीका ३, जबरजस्ती करणी उद्योग २, आत्महत्याका २८, सम्बन्ध विच्छेदका २ गरि जम्मा ८१ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लेख भएको बताईएको थियो ।
कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, सरकारी कार्यालयहरु, पत्रकार, स्थानिय सामाजिक संघ संगठन तथा गैरसरकारी संघसंस्थाहरुको तर्फबाट ११ बुंदे प्रतिबद्धता पत्र समेत जारी गरिएको थियो । उक्त कार्यक्रममा जम्मा ५६ जनाको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा जारी गरिएको प्रतिबद्धता पत्रको पुर्ण पाट निम्नानुसार रहेको छ ।
शताब्दीयौ देखिको बिभेदकारी राज्य व्यवस्था र त्यसको जगमा उभिएको पुरुष प्रधान मुल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना र महिला पुरुषबिचको असमान शक्ति सम्बन्धका कारण उत्पन्न भएको लैङ्गिक हिंसा तथा भेदभाव र बर्तमान अवस्थामा समेत समाजमा विद्यमान रहेका बलात्कार, वालविवाह, बहुविवाह, दाईजो प्रथा जस्ता कुप्रथाहरु प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ ।
लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि भएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनहरु, घोषणापत्रहरु र नेपाल सरकारले जनाएको प्रतिबद्धता प्रति समर्थन जनाउदैं आएका छौं । तसर्थ १०३ औं अन्तर्राष्ट्रिय महिला दिवस ९ ( 8 March 2013) को अवसरमा यस अर्घाखाँची जिल्लामा लैङ्गिक हिंसाका घटनाहरुमा न्यूनिकरण गरी सभ्य र शान्त समाजको निर्माण गर्नको लागि हामी सम्पुर्ण राजनैतिक दल, सरकारी कार्यालयहरु, पत्रकार, स्थानिय सामाजिक संघ संगठन तथा गैरसरकारी संघसंस्थाहरु आ-आफ्नो क्षेत्रबाट तपशिल बमोजिम प्रतिबद्धता जनाउदछौं ।
१. जिल्लामा महिला र बालबालिका माथि हुने यौन जन्य हिंसा, बलात्कार र हत्या जस्ता जघन्य अपराध, महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा, बाल विवाह, बहुविवाह, दाईजो प्रथा जस्ता कुप्रथाहरु अन्त्यका लागिकानुन बमोजिम कारवाही गर्न हामी प्रतिबद्ध छौं ।
२. जिल्लामा हुने महिला माथिका सबै प्रकारका हिंसा, बलात्कार, हत्या जस्ता जघन्य अपराध गर्ने व्यक्तिलाई कुनैपनि हालतमा राजनैतिक संरक्षण नगर्न प्रतिबद्ध छौं ।
३. जिल्लामा भएका महिला माथि हुने सबै प्रकारका हिंसा, बलात्कार, हत्या जस्ता जघन्य अपराधहरु देखिएमा हामी सहभागी सरोकारवाला संघ संस्थाहरु सम्पुर्णले सम्वन्धित निकायसंग समन्वयग गरि पीडितलाई न्याए दिलाउन प्रतिबद्ध छौं ।
४. जिल्लामा बन्ने राजनैतिक दलका कार्ययोजनामा यो विषयलाई महत्वका साथ समावेश गरि महिला र बालिका माथि हुने सबै प्रकारका विभेद, हिंसा र अपराधको अन्त्यको विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्दै कार्यान्वयनको सुनिश्चितता गर्नेछौं ।
५. राजनैतिक दल तथा दल सम्बद्ध जनसंघठनहरुका स्थानिय तहमा नेता तथा कार्यकताहरुका लागी आचार सहिता निर्माण गर्ने र उक्त आचार सहिताको कार्यान्वयनका साथै अनुगमनको विशेष ब्यवस्था समेत गरि हिंसा मुक्त सामाजिक न्यायमा आधारीत समता मुलक समाज निर्माणका लागी मार्ग निर्देश गर्नेछौं ।
६. महिलाको समान अधिकार सुनिश्चितताका लागी जिल्लामा राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा आजैदेखि व्यबहारीक रुपमै सुनिश्चित गर्नका लागी हामी प्रतिबद्धता छौं ।
७. महिला र बालबालिका माथि हुने यौन जन्य हिंसा, बलात्कार र हत्या जस्ता जघन्य अपराध, महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा, बाल विवाह, बहुविवाह, दाईजो प्रथा जस्ता कुप्रथाहरु जस्ता घटनाहरु आएमा कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध छौं ।
८. लैगिंक हिंसाका घटनाहरुलाई व्यवस्थित गर्न बहुपक्षिय सम्बोधन प्रणालीलाई मजबुत बनाउन प्रतिबद्ध छौं ।
९. लैगिंक हिंसा अन्त्यको लागी यस जिल्लामा सुरक्षित गृह ९क्बाभ ज्यगकभ० को व्यवस्था गर्न प्रतिबद्ध छौं ।
१०. राज्य र राजनैतिक दलहरुको सबै तहमा महिलाहरुलाई नेपाल सरकारको कानुन तथा पार्टीको विधानमा उल्लेख भए अनुसार अनिवार्य सहभागीता गराईनेछौं ।
११. जिल्लाका हामी सबै सरोकारवाला पक्षहरु लैगिंक चेतना अभिामीबृद्धि, सशक्तिकरण र मुलप्रभाबीकरणको क्षेत्रमा आ आफ्नो स्थानबाट सहयोग गर्न हामी प्रतिबद्ध छौं ।
मिति: २०६९ फागुन २५ गते अर्थात 8th March 2013
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।