अर्घाखाँची जिबिस परिसदको शान्ती मन्त्रीद्धारा उद्घाटन, ८ दलद्धारा परिसद बहिस्कार

– प्रेमनारायण आचार्य 



अर्घाखाँची । शान्ती तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझिले जिबिस  अर्घाखाँचीको १९ औ जिल्ला परिसदको  सार्बजनिकीकरणको  पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको छ ।

 



उद्घाटन समारोहमा मन्तबय राख्दै मन्त्री रायमाझिले देसको निकासका लागि सबै दलहरु सहमति र सहकार्यबाट अगाडी बढ्नुको बिकल्प नभएको बताउनु भयो । 

उहाले देसमा राजनितिक परिबर्तन देख्न नचाहेका तत्वको कारण देश झन पछि झन संक्रमण कालमा अल्झिएको बताउनु भयो । 

 



यस वर्षको जिल्ला परिषदबाट आर्थिक वर्ष २०७०। ०७१ का लागि १ अर्व ८७ करोड २३ लाख ७९ हजारको अनुमानित बजेट विनियोजन गरेको छ । 



जिल्ला विकास समितिको सभाहलमा भएको सार्वजनिकिकरणबाट उक्त बजेट विनियोजन गरिएको हो । चालु तर्फ ९३ करोड २० लाख ९४ हजार र पुजिगत तर्फ ९४ करोड २ लाख ८५ हजार गरि१ अर्व ८७ करोड २३ लाख ७९  हजार वजेट विनियोजन गरिएको हो । स्थानिय विकास अधिकारी हेमराज भुसालले २०७०।०७१को वार्षिक निति ,कार्यक्रम तथा वजेट वक्तव्य मार्फत उक्त रकम विनियोजन गरिएको जनकारी गराउनु भएको हो । 

 



जिविसले आयमुलक तथा सिपमुलकयोजना तथा कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ । निर्वाहमुखी कृषि तथा पशुपालनको आधुनिकिकरण तथा व्यवसायिकरणमा गर्नुपर्ने,जिल्लाको दक्षिण क्षेत्रमा रहेको  चुरे क्षेत्रमा भईरहेको भुक्षय कम गर्ने तर्फ विशेष ध्यान निनुपर्ने मोटर बोटो सुधारमर्मत लगगयतका २६ वुदे नितितय गरेको छ ।



परिसदको निर्णय सार्वजनिकीकरणमा प्रमुख अतिथि सरकारका शान्ती मन्त्री मन्त्री टोपबहादुर रायमाझिलाइ बनाएको भन्दै  जिल्लामा रहेका क्रियाशिल विपक्षी ८ राजनितिक दलहरुले परिसद बहिस्कार  गरेका छन्  । 

 



प्रमुख अतिथिमा बिकल्प खोज्न पटक पटक आग्रह गर्दा पनि आग्रहलाइ बेवास्ता गरि शान्ती मन्त्रीलाइ प्रमुख अतिथि बनाएको भन्दै  जिल्लाका क्रियासिल नेपाली काग्रेस, नेकपा एमाले , राष्ट्यि जनमोर्चा, नेकपा माओबादी, नेकपा माले, राप्रपा, राष्ट्यि जनसक्ति पाटी, र राप्रपा नेपालले संयुक्त रुपमा परिसद बहिस्कार गरेका हुन  



सार्बजनिककिरण कार्यक्रममा वोल्ने वक्ताहरुले जिल्लाको पर्यटन विकासमा जिविसले कुनै पहलकदमी नगरेको गुनासो गरेका छन् । जिल्लामा पर्यटन विकासको राम्रोसंभावाना हुदा हुदैपनि जिविसको ध्यान नजानु दुखद भएको उनीहरुको भनाई थियो । 

 



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द मणि भुर्तेल, एकिकृत नेकपा माओबादीका बिष्णुहरी शर्मा, राष्ट्रिय जनमुक्ति पाटीका टुकबहादुर चेवाली, एकिकृत क्रान्तीकारकिा डिलाराम पाण्डे, गाबिस सचिब हकहित संरक्षण केन्द्रका केसरबहादुर सोमरे, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, बार एसोसिएसनका केबी भुसाल, रेडक्रस सोसाइटीका कुसल भुसाल  लगायतले मन्तब्य राखेका थिए ।



कार्यक्रम स्थानयि बिकास अधिकारी हेमराज भुसालको अध्यक्षता, योजना अनुगमन तथा प्रशासकीय अधिकृत धु्रब गिरीको स्वागत मन्तबय र शेसकान्त ओसनको संचालनमा सम्पन्न भएको हो ।

 

(२०६९ फाल्गुन २८, सोमवार)






Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





  


अन्य समाचारहरु