काठमाडौं । २०६३ बैशाख १० गते अघिका अस्थायी शिक्षक सरह सेवा सुविधा नदिएको भन्दै त्यसपछिका अस्थायी शिक्षकले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरेर २०६३ बैशाख १० गते अघिका अस्थायी तथा करार शिक्षकहरु मात्र समावेशी आधारमा प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी हुन पाउने विज्ञापन गरिएकोप्रति उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । चैत्र १ गतेदेखि सुरु हुने एस.एल.सी परीक्षा लगायत वार्षिक परीक्षालाई सहयोग नगर्ने रहेका छन् ।
पटक,पटक आफ्ना मागका सम्बन्धमा प्रधानमन्त्री, शिक्षामन्त्री, राजनीतिक दललाई जानकारी गराउँदासमेत कुनै सुनवाई नभएको उनीहरुको भनाइ छ ।
– Agencies