अन्तरिम संविधानको बाधा अड्काउ फुकाऊ धारा प्रयोग गरेर संविधान संशोधन गर्न नसकिने विज्ञहरुको जिकीर

काठमाडौं  । अन्तरिम संविधानको बाधा अड्काउ फुकाऊ धारा प्रयोग गरेर संविधान संशोधन गर्न नसकिने जिकीर न्याय क्षेत्रका ब्यक्तिहरुले गरेका छन् । 

हिजो  राजधानीमा भएको कार्यक्रममा उनीहरुले संविधानको धारा १०६ नै खारेज गरी दलहरुले प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाउन लागेको आरोप समेत लगाए । पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले वहुदलीय संविधान भएपनि दलहरु निर्दलीय अभ्यासतिर जान खोजेको आरोप लगाउनु भयो । चुनावी सरकार गठनको चर्चा शुरु हँदा शर्मा पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन सकिने पक्षमा हुनुहुन्थ्यो । 
कार्यक्रममा पूर्व सभामुख सुवास नेम्वाङले पनि बाधा अड्काउबाट संविधान संशोधन गर्नै नसकिने भन्दै वहालवाला प्रधान न्यायाधीश मात्र होइन पूर्व प्रधान न्यायाधीशहरु पनि कार्यपालिकाको प्रमुख हुन नमिल्ने तर्क गर्नुभयो । यसैगरी नेपाल बार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले पनि प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने आफ्नो अडान दोहो