भट्टराई सरकारले सार्वजनिक यातायातका साधनको भाडा बढाएको विरोधमा विद्यार्थी संगठनहरुद्धारा सडक आन्दोलन शुरु

काठमाडौं  । बाबुराम भट्टराई सरकारले सार्वजनिक यातायातका साधनको भाडा बढाएको विरोधमा विद्यार्थी संगठनहरुले सडक आन्दोलन शुरु गरेका छन् । 

उनीहरुको आब्हानमा आज विहान देशभरका क्याम्पस अगाडि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीको प्रदर्शनका कारण आज विहान राजधानीका क्याम्पस क्षेत्रमा सवारी आवागमन ठप्प भयो । 
हालै सरकारले सार्वजनिक यातायातको भाडामा चर्को बृद्धि गरेको थियो । भाडा बृद्धिले आफुहरुलाई मार पर्ने भन्दै विद्याथीं संगठनहरुले सरकारलाई ज्ञापन पत्र बुझाएर निर्णय फिर्ता गर्न दबाब दिएका थिए । सरकारले निर्णय फिर्ता नलिएपछि विद्यार्थी संगठनहरु सडक आन्दोलनमा जुटेका हुन् ।
– Agencies