– गणेश खनाल
अर्घाखॉची । नेपाल उद्योग वाणिज्य महांसका केन्द्रिय अध्यक्ष सुरज बैधले नेपालमा आर्थिक विकासको लागी प्रभावकारी सरकारी निती नभएकाले विकासले फड्को मार्न नसकेको बताए ।
उद्योग वाणिज्य महांसघ अर्घाखॉचीले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष्ँ बैधले नेपालमा बन्ने सरकारहरु आर्थिक केन्द्रित राजनितीको सट्टा सप्ता केन्द्रिय राजनितीमा मात्र लागेकाले आर्थिक विकासमा निकै कमी आएको बताएका हुन् ।
नेपालको बजेटमा दलहरुले विवाद गर्नु व्यर्थ भएको भन्दै राजनिती विषय र आर्थिक विषय निकै फरक चिज भए पनि नेपालका दलहरुले बजेटलाई पनि राजनितीक मुद्धा बनाएर बजेट प्रस्तुत गर्न नदिनु दु ख को विषय भएको बताए ।
नेपालमा स्वदेशी लगानीले मात्र देशको विकास सम्भव नभएको बताउदै भारत,चिन लगाएताका देशको समेत लगानी भिक्राउन सरकारले पहल गर्नु पर्ने धारणा राखे । स्थानीय निकायको निर्वाचन लामो समय देखी नभएकाले गाउको विकासमा कमी आएको बताउदै जति सक्दो छिट्टो स्थानीय निर्वाचन गर्न दलहरुलाई आग्रह गरे ।
उद्योग वाणिज्य महासंघ नो वर्क नो पे कै निती अनुसार चल्ने स्पष्ट पारे । यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय वरिष्ठ उपाध्यक्ष भाष्करराज राज कर्णिकारले सरकारले गरेको विपा सम्झौताले देशे विकासका लागी महत्वर्पुण भुुभिका निर्वाह गर्ने दावी गरे ।
अर्घाखॉचीको नरपानी चुनढुङ्गगा खोल्ने प्रतिवद्धता अर्घाखॉचीवासीले नगेर सम्म जिल्लामा निजी क्षेत्रले कुनै लगानी नगर्ने चेतावनी दिए । आफनो व्यवसायको सुरक्ष्ाँ दिन नसक्ने जिल्लामा कसरी लगानी गर्ने उहॉले प्रति प्रश्न गरे ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु विधि बस्नेत,भुषणराज लवड,गुणनिधी तिवारी,कृष्णा प्रसाद शर्मा,शंखर श्रेष्ठ जिल्ला अध्यक्ष कृष्ण श्रेठ लगाएतले मन्तव्य राखेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।