चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङ्ग चीनको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । चिनियाँ जनकांग्रेसको जारी वैठकमा हिजो राती सम्पन्न मतदानबाट सी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
गत नोभेम्बरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले सीलाई महासविच र चिनियाँ जनसेनाको प्रमुख चयन गरेको थियो । जन कांग्रेसका ३ हजार जनप्रतिनिधि मतदानमा सहभागी भएका थिए । मतदानसंगै निबर्तमान हु चिन्ताओको दशवर्षे कार्यकाल पूरा भएको छ भने राष्ट्रपति सीको दश बर्षे कार्यकाल शुरु भएको छ ।
यसैगरी उपराष्ट्रपतिमा ली युयानचाओ निर्वाचित हुनुभएको छ भने ली खछीयाङ्गलाई प्रधानमन्त्रीमा मनोनित गरिएको छ । नवनिर्वाचित ५९ वर्षीय राष्ट्रपति सीलाई भ्रष्टाचार विरुद्ध कडा नीति अवलम्बन गर्ने नेताको रुपमा लिने गरिन्छ ।
– AGENCIES