हृदयघातका कारण गत फागुन ८ गतेदेखि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहलाई सामान्य वार्डमा सारिएको छ ।
उहाँका सबै मुख्य अङ्ग स्थिर रहेको भन्दै अस्पतालले उहाँलाई आइसियूबाट सामान्य वार्डमा सारिएको जनाएको छ ।
अस्पतालका मुटुरोग विशेषज्ञ डा. सायन चिपुडोम्वितले विहीवार एक विज्ञप्ति निकाली शाहको मुटुको धड्कनमा रोकावटको कुनै लक्षण नदेखिएको तथा कलेजो र मिर्गौलाले पनि सामान्य अवस्थामा जस्तै काम गर्न थालेको उल्लेख छ ।
उहाँमा नसासम्बन्धी सम्बन्धी समस्या रहेको भन्दै अस्पतालले लामो अवधिको उपचार गर्नु पर्ने जनाएको छ ।
शाहको टाउकाको एमआरआर्इ गरिएको र त्यसको रिपोर्ट पनि सामान्य रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।