– प्रेमनारायण आचार्य
अर्घाखाँचीको धारापानी गाविसलाइ पलास्टीक मुक्त गाविस बनाउन स्थानीय बासिन्दा लागि परेका छन । आफ्नो गाविसलाइ जिल्लाकै नमुना गाविस बनाउन उनीहरुले यस्तो अभियान चलाएका हुन ।
खुल्ला पलास्टीकका कारण मानिसको स्वास्थ्य संग संगै पशु चौपायाको पनि स्वास्थ्यमा असर गरि गम्भीर प्रकृतीका रोग लाग्ने भएकाले गाविसलाइ पलास्टीक मुक्त गाविस बनाउने अभियान सुरु गरेको धारापानी गाविसका गाबिस सचिब जीबनारायण चुादालीले बताउनु भयो ।
उनीहरुले धारापानी गाविसको वाड न. ६ लाइ खुल्ला पलास्टीक मुक्त तथा खुल्ला दिसा मुक्त घोषणा गरि सकेका छन । २०७० सालको बैसाख मसान्त सम्ममा गाविसलाइ पलास्टीक मुक्त गाविस बनाउन गाविसका राजनितिक दल, सहकारी , आमा समुह, महिला स्वयम सेबिका, शिक्षक र बिद्यार्थीहरु समेत लागि परेको पुर्व गाविस अध्यक्ष सागर केसीले बताउनु भयो ।
खुल्ला दिसा मुक्त गाविस घोषणा संग संगै पलास्टीक रहित गाविस बनाउन पनि स्थानीय बासिन्दा लागि परेका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।