नेपाली सेनाले प्रत्येक वर्ष गर्दै आएको पृतनापति सम्मेलन आइतबार सकिएको छ । चैत्र १ बाट शुरु भएको सम्मेलन दुईदिन चल्ने भनिएकोमा चार दिन लम्बिएको छ ।विगतका सम्मेलनमा नबोलाइने अवकाशप्राप्त प्रधानसेनापति र उपरथीहरुलाई समेत यसवर्षको पृतनापति सम्मेलनमा निम्त्याइयो । तर, केही पूर्वमहारथी र उपरथीहरुलाई भने छानीछानी बोलाइएन । कोही बोलाइए पनि सम्मेलनमा आएनन् ।
पृतनापतिहरुको सम्मेलनमा पूर्वप्रधानसेनापति छत्रमान गुरुङ, अर्जुन नरसिंह राणा र धर्मपालवरसिंह थापासमेत निम्त्याइएका थिए । तर, पूर्वप्रधानसेनापति रुक्माङ्गद् कट्वाल र प्रज्ववलसमशेर राणाले भने निम्तोलाई अस्वीकार गरेको स्रोतले बतायो । सम्मेलनमा पूर्वप्रधानसेनापति प्यारजंग थापा र छत्रमान सिंह गुरुङ उपस्थित हुनुहन्थ्यो ।
सम्मेलनमा कट्वाल प्रकरणमा विवादित