भ्रस्टाचारी जेपी गुप्ता जेलमुक्त

प्रकाश तिमल्सिना, 
काठमाडौं – भ्रस्टाचारको कसुरमा सर्वोच्चको फैसलाअनुसार जेल परेका मधेसी जनअधिकार फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष जेपी गुप्ता १३ महिनाको जेल सजाय भुक्तान गरी सोमबार छुटेका छन्।
 जेलमुक्त हुनासाथ प्रतिक्रिया दिँदै उनले भने- ‘मधेसी मोर्चाले हस्ताक्षर गरेको ११ बुँदे मधेसको लागि मृत्युपत्रमा हस्ताक्षर हो।’
 डिल्लीबजारस्थित जेलबाट मुक्त भएर गुप्ता सोझै सिनामङ्गलस्थित निवास पुगेको फोरम गणतान्त्रिकका महासचिव आत्मराम शाहले बताए। उनले भोलि डिल्लीबजारस्थित नेपाल सांस्कृतिक भवनमा पत्रकार सम्मेलन गरी थप धारणा सार्वजनिक गर्ने पनि उनले जानकारी दिए।
गुप्तालाई जेलबाट निस्कँदा मधेसी युवा संगठन र मधेस विद्यार्थी संगठनका युवाले अविरजात्रा एवं फूलमाला लगाइदिएका थिए।