नेपाल निजामति कर्मचारी युनियनले आफ्नो माग पुरा नभए आगमी चुनाव भाँडने चेतावनी

नेपाल निजामति कर्मचारी युनियनले आफ्नो माग पुरा नभए आगमी चुनाव भाँडने जनाएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी युनियनले सरकारलाई आफुहरुको माग पुरा गर्नको लागी अध्यादेश स्वीकृत नभए अब हुने संविधानसभाको चुनाव भाँड्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले सरकारले निजामती कर्मचारीहरुको मागलाई तुरुन्त सम्बोधन नगरीकन सरकारलाई चुनाव नगर्न आग्रह गरे ।
उनले सरकारले कर्मचारीहरुको मागहरु पुरा नगरे कर्मचारीहरु जोखिम मोलेर चुनावमा नजाने स्पस्ट पारे । उनले चुनाव सफल हुनको लागी सरकार मात्र अँगाडी बढेर नहुने बताए ।
चुनाव सफल पार्नको लागी त कर्मचारीहरुले सरकारलाई साथ दिनु पर्ने बताए । त्यसैले सरकारले निजामती कर्मचारीको पदमा बृद्धि गरेको र तलब बढुवा अनुसार सबै माग पुरा गर्नुपर्ने बताए ।
यसअघि निर्वाचन आयोगले आइतबारमात्रै मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी चुनावका लागि २ लाख कर्मचारीको आवस्यकता पर्ने बताएको थियो ।