सालझण्डी – ढोरपाटन सडक खण्डमा अनियमितता: नेकपा-माओवादी

– शोभाखर पन्थी



नेकपा-माओवादी अर्घाखाँचीले सालझण्डी-ढोरपाटन सडक खण्डमा अनियमितता भएको भन्दै राज्यको ध्यानाकर्षण गराएको छ । 



माओवादीले सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी ठेकेदार र कर्मचारीको मिलोमतोमा सालझण्डी-ढोरपाटन सडकको निर्माण लगायतका काममा गुणस्तरहीन सामाग्री प्रयोग गरी मापदण्ड विपरित काम गरिएको भन्दै ,तत्काल छानविन गरी कारवाही गर्न माग गरेको छ । 



पत्रकार सम्मेलनमा नेकपा माओवादीका जिल्ला सहर्-इन्चार्ज भोलानाथ बस्यालले सडकको पाली-४ मा निर्माणाधिन कार्यमा कजवेमा गुणस्तरहीन सीमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरी मापदण्ड विपरित काम गरेर लाखौं घोटला गर्ने सुनियोजीत षणयन्त्र गरिएको भन्दै, गुणस्तरहिन सामाग्रीको प्रयोगले निर्माण हुने कजवेबाट यातायातका साधन सञ्चालन गर्दा मानविय क्षती हुन सक्ने भन्दै कजवे निर्माणको काम तुरुन्त रोकी मापदण्ड अनुसारको काम गर्न आग्रह गर्नु भएको छ । 



माओवादीले सालझण्डी-ढोरपाटन सडक कार्यालय र लोहनी ब्रर्दश श्याम सुन्दर जे.वी.को मिलोमतोमा कजवे निर्माणमा अनियमितता भएको भन्दै तत्काल काम नरोके जनताले कार्वाही गर्ने चेतावनि दिएको छ ।



पत्रकार सम्मेलनमा जिल्लामा सडकनिर्माण लगायतका अन्य विकासका काममा भएका अनियमितताको छानविन गरी र्सार्वजनिक गर्दै जाने र दोषीलाई कानुन अनुसार कार्वाहीको पहल गर्ने र सरकारले कार्वाहर्ीगर्न नसके जनताको सहयोगमा आफैले कार्वाहीगर्ने माओवादी नेताहरुको भनाई थियो । 



माओवादी जिल्ला सेक्रेटरी बावुराम घिमिरे भुवनले सडक निर्माणमा भएको खर्च विवरण र सम्झौताको लागतर् इष्टिमेट माग गर्दा सालझण्डी-ढोरपाटन सडक कार्यालयले नदिएर जनताको सुचनाको हक कुण्ठित गरेको आरोप लगाउनु भयो । उहाँले कार्यालयले तत्काल खर्च विवरण सार्वजानिक नगरे चुप लागेर नबस्ने चेतावनि पनि दिनु भयो ।






Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





  


अन्य समाचारहरु