बग्दाद । इराकको राजधानी बग्दादमा गराइएका श्रृंखलाबद्ध कार बम विष्फोटमा परी कम्तिमा ५० जना मारिएका छन् । शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा गराइएको विष्फोटमा एक सय जना भन्दा बढी घाईते भएका अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी सेनाले इराक प्रवेश गरेको दशौ वर्षगाँठ मनाइरहँदा श्रृंखलावद्ध विस्फोट गराइएको हो ।
यसैबीच ईराक सरकारले मुलुकमा जारी हिंसा नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाएको छ ।