बाबु रोका मगर “अपरिचित”
शारदा नगर को मुखिया जितेन्द्र शाह सधैं आफ्नो घरको बाहिर आउने गरीब हरुको दिल खोलेर भित्रै आत्मा देखिनै दान गर्ने गर्दथे शहरमा उनले बनाएका कयौ बिद्यालय,मन्दिर र धर्मशालाहरु थिए | जहां जरुरत पर्ने मानिसहरुको लागि मद्घत गर्ने गरिन्थ्यो|जितेन्द्र शाह को नाम शारदा नगरको बाहिर पनि फैलिएको थियो|एक दिन त्यहाँ भगवान गौतम बुद्द आउनु भयो |
जितेन्द्र शाह ले उहाँलाई आफ्नो घरमा आउने अनी धर्म सभा गर्न को लागि आमन्त्रण गरे | भगवान बुद्दले स्विकार गर्नु भयो|निश्चित समयमा उहाँ ले धर्म सभा लगाउनु भयो साथै धेरै मानिसहरुलाई धर्मोपदेश दिनु भयो | त्यस पछी जितेन्द्र शाहले त्यहाँ उपस्थित निर्धनहरुलाई अन्न,लत्ता कपडाहरु,आदी इत्यादी बितरण गर्न शुरु गरे | जब यहाँ कार्य सम्पन्न भयो तब जितेन्द्र शाह आफ्नो प्रशंसा सुन्नको लागि भगवान गौतम बुद्द तर्फ हेर्दै थिए बुद्दले उनको भित्री मनसाय बुझ्नु भयो | उहाँले भन्नु भयो तिमी निश्चय सराहनिय कार्य गरी रहेका छौ | तर यदी तिमी यिनिहरुलाई यो योग्य बनाउन सक कि यिनिहरु दान ल्याउनको लागी तिम्रो घरको ढोका सम्म आउन न परोस त्यो नै यिनीहरुको लागी सर्बश्रेस्ठ दान हुनेछ |
यिनीहरुलाई आफ्नो यहाँ काम मा राखेर तिमी यिनीहरुको सेवा लिन सक्छौ ताकी यिनीहरुलाई सित्तै मा रोटी तोड्ने बानी न परोस अनी तिमीले गर्ने दान को सार्थकता बनिरहोस अन्यथा यिनीहरु मध्य कसैको पनि भलो हुने छैन | वास्तव मा दानको उदेश्य मानिसहरुको मद्घत पुर्याउनु हो यो होइन की उनिहरुलाई परजिवी बनाउने | हामीहरुले अबश्य सोच्नु पर्दछ कि दान को प्रबिर्ती को कोही मानिसहरु अनुचित लाभ उठाइरहेको त छैनन्? जितेन्द्र शाह ले भगवान बुद्द को आशय बुझे | उनले बचन दिए कि अब उनी दान दिनु भन्दा बढी रोजगार दिने प्रयास गर्नेछन |