असारमा नभए मंसिरको पहिलो हप्ताभित्र संविधानसभाको नयाँ निर्वाचन हुने कांग्रेस पौडेलको दाबी

पोखरा  । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनेपछि मुलुकले निकास पाएको बताएका छन् । 
नेपाल नाई संघको छैठौं राष्ट्रिय महाधिवेशनलाई पोखरामा सम्बोधन गर्दै पौडेललले एमाओवादीको सरकार रहेसम्म निर्वाचन नहुने र मुलुकले निकास पनि नपाउने भएकाले बाध्य भएर प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्नु परेको जिकिर गरे । 
असारमा नभए मंसिरको पहिलो हप्ताभित्र संविधानसभाको नयाँ निर्वाचन हुने पौडेलको दाबी थियो ।
RSS