काठमाडौं, चैत्र ८ । एमाले पोलिटब्यूरो सदस्य रामचन्द्र झाले पार्टीे परित्याग गरेका छन् । धनुषामा रहेका झाले आज विहान एमाले मूख्यालय बल्खुमा फ्याक्स र इमेलबाट राजीनामा पठाएर पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।
भोलि धनुषामा आयोजना हुने कार्यक्रमबाट उनी एकीकृत माओवादीमा प्रवेश गर्ने तयारीमा रहेको जनाइएको छ । झालाई कुन पद दिने भन्नेबारे एमाओवादी बैठकबाट आजै टुंगो लाग्ने र भोलि जनकपुरमा प्रचण्डले भेटेपछि झा एमाओवादीमा प्रवेश गर्ने बताइएको छ ।
झाले प्रचण्डसँगको छलफलपछि नै जिम्मेवारीको टुंगो लाग्ने बताएका छन । एकीकृत माओवादीले झालाई स्थायी कमिटी सदस्य बनाएर मधेशको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।
rss