राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्षवीच भेटवार्ता

अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र राष्ट्रपति डा. रामबरण यादबबीच भेटवार्ता भएको छ  ।  
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार विहान भएको छलफलमा निर्वाचन आयोगमा भएको नियुक्तिका विषयमा छलफल भएको वुझिएको छ ।
संवैधानिक परिषदले निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका तीन जना (प्रमूख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्त दोलखबहादुर गुरुङ र अयोधी प्रसाद यादव) लाई नियुक्त गर्न संवैधानिक प्रष्टता मागेपछि रेग्मी राष्ट्रतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो ।