काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथम पटक आरोहण गर्ने टोलीका अन्तिम जिवित सदस्य जर्ज लोयको ८९ बर्षको उमेरमा बेलायतमा निधन भएको छ ।
उनले सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिड. नोर्गे शेर्पासंगै सगरमाथा आरोहण गरेका थिए । न्युजिल्याण्डमा जन्मिएका लोयले हिलारी रश शेर्पालाई सगरमाथाको सफल आरोहणमा सहयोग गरेका थिए ।
बेलायतको डर्विशायर नर्सिंड होममा उनको उपचारको क्रममा निधन भएको छ । लोयले सन् १९५८ मा पैदल मार्गबाट अन्टार्कटिकाको भ्रमण पुरा गरेर विश्व पहिलो ब्यक्तिको रेकर्ड कायम गरेका थिए ।
Agncies