“तिम्रो वारेमा”

– बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ अर्घाखाँची

सबैले भन्दा रहेछन तिमीलाई धोकेवाज भनेर
तर मलाई त्यस्तो लागेन कि तिमी धोकेवाज हौ भनेर |


भन्नेहरु जे पनि भन्छन तर मलाई लाग्छ
तिमी मायाले भरिएको बिशाल मायाको खानि हौ |


तिम्रो त के दोष? दोष त ति भनौटेहरुको हो
जस्ले तिमीलाई माया गर्न सकेन तिमीलाई पाउन सकेन  |


त्यसैले तिमीलाई धोकेवाज को उपनाम दिने गर्छन्
माया पनि आफुले मात्र चाहेर हुने हो र? |


माया त दुई मुटुको मिलन दुई आत्माको सँगम हो
यो कती अमुल्य हुन्छ,अतुल्य हुन्छ त्यो त चोखो माया गर्नेलाई मात्र थाहा हुन्छ |


चोखो माया त्यो हुन्छ जसले मायाको परीभाषा जानेको हुन्छ
अनी मात्र त्यसले मायाको गहिराहिमा पुगेर डुबुल्की मार्न सक्छ |


थाहा छ तिमी कती राम्री छेयौ त्यसैले तिमीलाई सबैले आँखा लगाउछन
तर तिम्रो मन भित्र रहेको मायाको भण्डार कस्तो छ सबै अल्मलाउछन |


‘आहा’कती राम्री  त्यो धप धपी बोलेको मुहार अनी ति मिर्गनयनी आँखा
कती मिठो लागिरहेको थियो तिमीले गाएको त्यो रोदी भाका |


साँचै भन्ने हो भने तिम्रो वारेमा वर्णन गर्ने म सँग त्यस्तो कुनै शब्द नै छैन |
अहिले लाई यती नै मात्र तिम्रो वारेमा…………………………|