रङै रङको पर्व होली पहाडी जिल्लामा मंगलबार मनाइँदै छ ।
यसपटक फाल्गुण शुक्ल पूणिर्मा मंगलबार राति भद्रा नक्षत्र परेकाले बुधबार बिहानमात्र चिरदाह गर्ने साइत निस्केको हो ।
धार्मिक ग्रन्थअनुसार दानवी राजा हिरण्यकश्यपूले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई बहिनी होलिकाको काखमा बसाली आगो लगाई मार्न गरेको प्रयास असफल भएको दिनमा यो पर्व मनाउने गरेको उल्लेख छ । ग्रन्थअनुसार आगोले नछुने वरदान पाएकी होलिकाले प्रह्लादलाई मार्न आफ्नो काखमा राखी आगोमा होमिएकी थिइन् तर प्रह्लाद विष्णु भक्त भएकाले आगोले छोएन, उल्टो होलिका भष्म भएकी थिइन् । तराईका जिल्लामा भने बुधबारमात्र होली मनाइने छ /
यस दिन विशेषगरी भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला र पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन्।
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन्।
फागुपर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको
रा स स