द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सोमालियामा महिला र बालबालिका यौन दूव्र्यवहारको शिकार बनिरहेको मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ ।
आन्तरिक विस्थापनमा परेका नागरिकहरु यौन तथा अरु प्रकारका दूव्र्यवहारबाट प्रताडित बनेका हुन् । यस्ता दूव्र्यवहार गर्नेमा हतियारधारी विद्रोही र सरकारी अधिकारीहरुसमेत संलग्न छन् । आन्तरिक विस्थापनमा परेर राजधानी मोगादिसु पुगेका महिलाहरु त्यहाँ रहेका शिविरहरुमै सामूहिक बलात्कारको शिकार बनेका छन् ।
यद्यपि, भर्खरै निर्वाचत भएर आएको सरकारले यस्तो गम्भीर आपराधिक कार्य रोक्न पहल थालेको छ । शिविर प्रवन्धक भनिने सुरक्षाकर्मीले गर्ने दूव्र्यवहारका कारण पीडितहरु बाहिर जान नसक्ने प्रतिवेदनमा उल्लेख छ । बीस वर्ष लामो सशस्त्र हिंसाबाट थलिएको सोमालियामा यस्ता दूव्र्यवहार खुबै हुने गरेको छ ।
agencies