असारमा चुनाव गर्ने सहमतिअनुरुप गठन गरिएको रेग्मी सरकारले १५ दिन बित्दा पनि चुनावको मिति तोक्न सकेको छैन । आज बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने अनुमान गरिए पनि यसबारे प्रमख दलहरुवीच एकमत हुन सकेको छैन । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले फेरि मिति सार्नु नपर्नेगरी तोकिने जानकारी दिनुभएको छ । उता बुधबार बल्खुमा बसेको स्थायी कमिटीको निर्णय पनि ठ्याक्कै यस्तै छ, चुनाबको मिति नसार्ने गरी तोकिनुपर्छ । आजै बसेको एमाओवादी पदाधिकारी बैठकले भने तत्कालै मिति तोकिनुपर्ने भन्दै राजनीति दलवीच छलफल गर्ने निर्णय सार्वजनिक गरेको छ ।