हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज हुनु भएको छ ।
पारसलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको एनआरएन बैंककका महासचिव एवं शाहका सहयोगी सुनिल खड्काले जानकारी दिनुभयो ।
उहाँ तत्काल नेपाल भने आउने कार्यक्रम छैन । खड्का अनुसार पारस एक महिनासम्म चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा नै रहनु हुनेछ । यद्यपी लागू औषधको आरोपमा पक्राउ परेका कारण पारसलाई नेपाल र्फकन कुनै समस्या नभएको उहाँको दावी छ ।
चिकित्सकहरुको सुझाव अनुसार नै पारस नेपाल आउने खड्काले जानकारी दिनुभयो । हृदयाघात भएपछि अस्पताल भर्ना भएको ११ दिनपछि पारसको होस खुलुको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह र पारस पत्नी हिमानी भने आगामी साता नेपाल र्फकने कार्यक्रम रहेको छ ।