शान्ती सुरक्षा र जनताको जिउ धनको सुरक्षाका लागी खटनु पर्ने अभिभारा बोकेको प्रहरी नै अपहरणकारी बनेपछि रौतहटको राजपुर तुलसी गाविस तनावग्रस्त बनेको छ । मलहीनिया टोलकी एक १८ वषिर्या युवतीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यतर प्रहरी जवान झबुलाल प्रसाद यादवले अपहरण गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।
खेतमा काम गर्न गएकी स्थानिय युवतीलाई प्रहरी जवान यादवले जबरजस्ती मोटरसाइकलमा राखेर भाग्न खोजेपछि स्थानिय महिलाहरुले प्रतिकार गरेका थिए ।
राजमार्गसँगै जोडिएको पश्चीम पट्टी रहेको खेतमा महिलाहरु कराएको सुनेपछि स्थानियहरुले एक किलोमिटर टाढा हजमिनीया चोकसम्म लखेटेर यादवलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।