– युबराज कंडेल
नेपाल चिन मैत्री समाज लुम्बिनी को तेस्रो अधिबेशनबाट निर्वाचित पदाधिकारी को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
भैरहवामा आयोजित पद हस्तान्तरण कार्यक्रममा निर्वाचन अधिकृतवरिष्ठ अधिवक्ता राममणि भूर्तेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष नारायण सापकोटाले नेपाल र चिन बिचको सम्बन्ध सदियौं पुरानो भएको र यो सम्बन्धलाई नेपालको प्रगतिको माध्यमको रूपमा लिनु पर्ने बताउनु भयो।
त्यस्तै समाजसेवी नारायण अग्रवालले नेपाललाई राम्ररी बुझेका व्यक्ति चिनिया नेतृत्व र राजदुत भएकोले अहिले नेपालको लागी राम्रो अवसर भएको बताउनु भयो।
मैत्री समाजको आजै सम्पन्न बैठकले आगामी वर्षको लागी कार्य योजना समेत तय गरेको छ।
समाजले आगामी वर्षमा नेपाल चिन सम्बन्धलाई लुम्बिनी क्षेत्रको विकासमा उपयोग गर्न स्थानीय वासिन्दा र सरोकारवालाहरु संग मिलेर काम गर्ने जनाएको छ।