अमेरिकाको अदालतद्धारा ट्रान्सजेण्डर पुरुषले गरेको सम्बन्ध विच्छेदको निवेदन अस्वीकार

न्यूर्योक  । अमेरिकाको एरिजोना प्रान्तको एक अदालतले ट्रान्सजेण्डर पुरुष थोमस बिटीले गरेको सम्बन्ध विच्छेदको निवेदन अस्वीकार गरेको छ । यी ट्रान्सजेण्डर ३९ वर्षीय पुरुष थोमसले तीन जना बच्चा जन्माइसकेका छन् । 
अदालतका न्यायाधीशले पहिला विवाह गर्दा थोमस पुरुष नै थिए भन्ने सम्बन्धमा पर्याप्त प्रमाण नभएको जनाएका छन् । एरिजोना राज्यमा समलैंगिक विवाह गैरकानूनी मानिन्छ । 
लामो समयसम्म पुरुषकै रुपमा रहेका थोमसले सन् २००८ मा महिला प्रजनन अंग प्रत्यारोपण गरेपछि पहिलो पटक गर्भवती भएका थिए । त्यसपछि उनी तीन पटक गर्भवती भैसकेका छन् । 
उनी कानूनी रुपमा पुरुष भएपनि आफ्नो पत्नी नैसी बच्चा जन्माउन नसक्ने भएपछि उनले महिला प्रजनन अंग प्रत्यारोपण गरेका थिए । 
उनले अहिले आफ्नो नयाँ प्रेमिकासँग विवाह गर्न चाहेको समाचारमा जनाइएको छ ।
Agencies