निर्वाचन आयोगले मतदाताको फोटो खिच्ने कार्य स्थगित गरेको छ। आयोगले आज देशभरका निर्वाचन कार्यालयलाई परिपत्र गरेर मतदाता नामावली सम्बन्धि सबै कार्य तत्काल रोक्न आदेश दिएको हो।
आदेश प्राप्त भए लगत्तै जिल्ला निर्वाचन कार्यालयले स्थानीयस्तरमा खटेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाउन थालेकका छन्। नागरिकता नबनेकाले मतदाता नामावली सम्बन्धी काममा सोचे अनुरुप सफलता प्राप्त नभएकाले नागरिकता दिने र मतदाता नामावली काम एकीकृत रुपमा गर्ने तयारीका लागि हाललाई फोटो खिच्ने काम स्थगित गरेको निर्वाचन आयोगले प्रष्टाएको छ।
फोटो खिच्ने काममा बैद्य नेतृत्वको माओवादीले अवरोध गर्दै आएको अवस्थामा निर्वाचन आयोगले यस्तो निर्णय गरेको छ।