पोखरा । विद्यार्थीहरुको विरोधका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा ओपिडि सेवा बन्द भएको छ ।
शिक्षण अस्पतालमा प्रशिक्षणमा रहेका विद्यार्थीहरुले भत्तामा बृद्धि गर्नुपर्ने माग राखेर ओपिडि सेवा बन्द गरेका हुन् । सात बर्षदेखि प्रशिक्षार्थीको भत्तामा बृद्धि नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अस्पताल प्रशाशनले प्रशिक्षार्थी विद्यार्थीका लागि मासिक सात हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ ।
RSS