भारतको मुम्बईमा निर्माणाधीन भवन भत्किदा कम्तिमा २७ को मृत्यु, मृत्यु हुनेमा गर्भवती महिला समेत

मुम्बई ।  भारतको मुम्बईस्थित शिल फाटा इलाकामा एक निर्माणाधीन भवन भत्किदा कम्तिमा २७ व्यक्तिको मृत्यु भएको छ भने ५० बढी व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा गर्भवती महिला समेत रहेको जनाईएको छ ।
प्रहरीले ७ तले भवन भत्किदा उक्त घटना भएको बताइएको छ भने भवन अनधिकृत रुपमा निर्माण भएको जनाइएको छ । स्थानीय अधिकारीहरुले घटनामा घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाएका छन् ।
मारिनेहरुमा भवनमा रही आएका व्यक्तिहरु भएको पनि प्रारम्भिक रुपमा जनाइएको छ । 
AGENCIES