जनज्योती उच्च माबिको स्वर्णमहोत्सव उद्घघाटन/असारको पहिलो साता निर्बाचन गराउने सर्तमा सरकार छाडेको रायमाझिको धारणा

– प्रेमनारायण आचार्य 
जनज्योती उच्च माध्यमिक बिद्यालय चुत्राबेसी अर्घाखाँचीको स्वर्ण महोत्सव सुरु भएको छ । महोत्सबको एक कार्यक्रमका बिच पुर्व मन्त्री तथा नेपाली काग्रेसका नेता ढुण्डीराज शास्त्रीले पानसमा दीप प्रज्वलन गरेर उदघाटन गर्नु भयो । 
कार्यक्रममा मन्तब्य राख्दै  काग्रेसका नेता तथा पुर्व उद्योग मन्त्री  शास्त्रीले कृषिक्रान्तीबाट देसलाइ आर्थिक सम्बृद्धि तर्फबढाउनु पर्ने बताउनु भएको छ । 
उहाले कृषि क्रान्तीबाट नेपाललाइ सम्बृद्ध बनाउन सकिने भएपनि राजनितिक संक्रमणका कारण कृषि पेसालाइ निर्बाह मुखीबाट ब्यबसायीककरणमा  बिकास हुन नसकेको बताउनु भयो ।
उहाले राष्ट्रिय नेतृत्वलाइ निकास दिने सक्षम नेताको अभाबले देसमा झन पछि झन समस्या उत्पन्न भएको बताउदै राजनितकि दलका शिर्षनेताहरु जनातका नेता हुन नसकेको बताउनु भयो ।
उहाले असारमा कुनै पनि हालतमा निर्बाचन सम्भब नरहेको बताउदै मंसिरमा चुनाब हुन्छ भन्ने आसा र बिस्वास रहेको बताउनु भयो । एकिकृत माओबादीले जनताको आखामा छारो हाल्नका लागि आन्दोलन गर्र्छौ भनेर भन्न सुरु गरेको पनि नेता शास्त्रीको भनाइ  छ । 
कार्यक्रममा एकिकृत नेकपा माओबादीका नेता तथा पुर्व मन्त्री टोपबहादुर रायमाझिले असारको पहिलो साता निर्बाचन गराउने र्सतमा आफुहरुले सरकार छाडी प्रधानन्याधिस खिलराज रेग्मीको नेतृत्वमा सरकार बनेको स्पस्ट पार्नु भयो ।
बर्तमान सरकार असारमा निर्बाचन गराउने पक्षमा नदेखिएको आसंका उत्पन्न भएको बताउदै नेता रायमाझिले बर्तमान सरकारलाइ असारमा निर्बाचन गराउने वातावरण सृजना गर्न आग्रह गर्नु भयो ।
उहाले जन आन्दोलन बाट प्राप्त भएका उपलब्धीलाय सस्थागत गर्न नसक्दा देस संक्रमणकालमा फसेको बताउदै देसलाइ निकास दिन सम्पूर्ण राजनितक दलहरु राजनितक स्वार्थ त्यागेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
पुर्वमन्त्री तथा बरिस्ठ साहित्यकार मोदनाथ प्रसितले युबाहरुको बढ्दो बिदेस जाने कार्यलाइ रोक्न सरकारले युबा मुखी नँया योजना ल्याउने बताउनु भयो । उहाले नेपाल बिदेसका लागि जन सक्ति उत्पादन गर्ने देसमा बिकास हुन थालेको बताउनु भयो । नेपालका ग्रामीण क्षेत्रहरुमा मलामी नपाइने अबस्था सृजना भएको पनि उहाले तत्काल युबाको बिदेस पलायन रोक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका युबा नेता तथा पर्ुब मन्त्री रेवती प्रसाद भुसालले दलहरुका नेतृत्व बर्ग असफल भएकाले देसमा प्रधानन्याधिस नेतृत्वको सरकार बनेको बताउनु भयो । उहाले अब कांग्रेस देसकै सबै भन्दा ठुलो पाटी हुने भएकाले अब हुने संबिधान सभाको निर्बाचन बाट संबिधान निर्माण हुने बताउनु भयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु