थोत्रा हतियार बुझाएर नयाँ हतियार जनताको घरमा पुर्‍याउने नेकपा-माओवादी महासचिव थापाको चेतावनी

– दीपेन्द्र विष्ट
नेकपा-माओवादी महासचिव रामबहादुर थापाले थोत्रा हतियार सकारलाई बुझाएर क्रान्तिको लागि नयाँ हतियार जनताको घरमा पुर्‍याउने चेतावनी दिएका छन् ।
जन आन्दोलन दिवसमा शनिबार राजधानीको खुलामञ्चमा भएको जनसभामा महासचिव थापाले भने, ‘खिया लागेको हतियार हामीलाई चाहिँदैन, त्यो बुज्छौ, नयाँ हतियार जनताको घरदैलोमा पुयाउँछौं ।’
पुरानो खिया लागेको हतियारको औचित्य समाप्त भएको भन्दै उनले त्यो हतियार सरकार दिन आफूहरु तयार रहेको बताए । ‘नयाँ हतियार फ्याक्ट्रीमा बन्दैछ,’ उनको चेतावनी थियो, ‘कार्यकर्ताको घरदैलोमा आउनेछ ।’
कार्यक्रमका प्रमुख अतिथि माओवादी अध्यक्ष मोहन वैद्यले भने सरकारले घोषणा गर्ने तयारी गरेको चुनाव हुन नदिने दाबी गरे । उनले चुनाव गरेर देखाउन सरकार र ठूला चार दललाई चुनौति दिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाधयक्ष बाबुराम भट्टराईले आत्मसपर्मण गरेका कारण आफ्नो पार्टीको जन्म भएको उनले बताए । ‘प्रचण्ड-बाबुरामले जहाँबाट आत्मसमर्पण गरे,’ उनले भने, ‘त्यहिँबाट हाम्रो पार्टीको जन्म भयो ।’