बन्दले देशभरको जनजीवन प्रभावित/बन्द फिर्ता गर्न सरकारको आग्रह

नेकपा-माओवादीसहित वर्तमान सकारको विपक्षमा रहेका ३३ दलले आह्वान गरेको बन्दका कारण आज विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने अत्यावश्यक काममा जाने सर्वसाधारण पैदल हिँड्न बाध्य भएका छन् ।
नेकपा-माओवादीसहितका दलले प्रमुख चारदलको निर्णय प्रति असहमति जनाउँदै वर्तमान सरकारको विरोधमा बन्द आह्वान गरेका हुन् । बन्दकर्ताले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गरेका छन् ।बन्दकर्ताहरु विहानैदेखि मुख्य सडक र चोक चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
बन्द फिर्ता दिन सरकारको आग्रह
यसैबीच सरकारले आजको बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ ।