मंसिरसम्म चुनाव नभए सरकारको विकल्प खोजिने एकीकृत माओवादीका पुष्पकमल दाहालको भनाई

रामेश्वर कार्की, नागरिक



धादिङ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै प्रस्तावमा बनाइएको प्रधानन्यायाधीश नेतृत्वको सरकारले चुनावको मिति घोषणा गर्न आलटाल गर्दै आएकोले शंका पैदा भएको भन्दै यो सरकारलाई मंसिरसम्म पर्खने बताएका छन्।  

  

धादिङको धार्केमा विशेष व्युरोको आयोजनामा भएको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षित गर्दै दाहालले सो कुरा बताएको प्रशिक्षण सहभागी एक कार्यकर्ताले बताए। आफ्नै प्रस्तावमा बाध्यात्मकरुपमा बनाइएको सरकारले चाहेअनुसार काम गर्न नसके पनि मंसिरसम्मको म्याद राखेर सरकार गठन गरिएकाले मंसिरपछि मात्र विकल्प खोजिने बताएका स्रोत उल्लेख नगर्ने सर्तमा ति कार्यकर्ताले बताए। असारमै चुनाव गर्न सकिने आधार हुँदाहुँदै पनि चुनावको मिति घोषणा नगरिनुले आशंका पैदा भएको कुरा कार्यकर्तासामु राखेको स्रोतले बतायो। दाहालले संविधान संशोधन गर्दाकै क्रममा असारमा चुनाव गर्नेगरी भनिएकाले त्यस भन्दा पछाडि म्याण्डेट नभएको बताए। आफैँले प्रस्ताव गरेको सरकारविरुद्ध आन्दोलन गर्नु नपरोस् भन्दै मंसिरसम्म पुर्‍याउन नचाहेको धारणा प्रशिक्षण राखेका थिए।



दाहालले यतिबेला माओवादीप्रति लहर उर्लिरहेको बताउँदै यो देखेर चुनाव पर धकेल्न खोजेको आरोप लगाए। कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन आग्रह गर्दै अन्य शक्ति माओवादी शक्तिमा छौंभन्दा चुनावदेखि भाग्ने र विभाजन अवस्थामा देखे न्याक्ने अवस्था रहेको यथार्थ कार्यकर्तालाई बताए। उनले भने- तपाईंहरु पूर्णरुपमा चुनावलाई केन्द्रीत हुनुस्। 



अध्यक्षले मंसिरमा चुनाव हुने सुनिश्चत भए मंसिरसम्म पर्खन आफूहरु तयार रहेको बताएको एक राज्य समिति सदस्यले बताए। अध्यक्ष दाहालले शनिबार धार्केमै आयोजित जनसभालाई सम्बोधन गर्दा मंसिरमा चुनाव भए एमाओवादीले नमान्ने बताएका थिए।



निर्वाचन आयोगले पहिल्यैदेखि काम गर्दै आएकाले असारमै चुनाव सम्भव रहेको प्रवक्ता अग्नि सापकोटाले बताए। अध्यक्षले असारमा नभए मान्दैनौं भनेकोप्रति सच्याउँदै अहिले सम्भव छैन भनेर अभिव्यक्ति दिने, लघार्दै लाने र कहिल्यै नसर्नेगरी मिति तोक्ने भनेको कुरा किन आइरहेको छ? मंसिरमा हुने कुराको ग्यारेण्टीको लागि यसो भनिएको प्रष्ट पारे। सापकोटाले भने अहिले नै निर्वाचन नहुने भन्ने आशंका जन्मिएको भने हैन। प्रवक्ता सापकोटा प्रशिक्षणले नयाँ ऊ1र्जा दिएको बताउँदै चुनावी अभियानलाई यसले ठूलो प्रभाव पार्ने बताए। 



आयोजकले प्रशिक्षणमा नेवाः र ताम्सालिङसहित काठमाडौंमा रहेका विभिन्न जनसंगठनसहितको विशेष व्युरोको आयोजनामा १६ सय जना सहभागी हुने जनाएको थियो। तर सो संख्याको आधा जति मात्र कार्यकर्ता उपस्थिति भएकोमा पत्रकारको जिज्ञासामा केहीको परीक्षा र विभिन्न कारणले केही प्रतिशत कम भएको स्वीकार गरे। प्रशिक्षणमा करिब ९ सय जना सहभागि भएको ताम्सालिङ राज्य समितिका संयोजक विश्वभक्त दुलालले जानकारी दिए।