इरानमा शक्तिशाली भूकम्प, ४० को मृत्यु – युएई र अन्य खाडीमुलुकमा समेत धक्का

– उमाकान्त पाण्डे गाउंले 
 
इरानमा गएको शक्तिशाली भूकम्पमा परि कम्तिमा ४० जनाको मृत्यु भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पश्चिम इरानलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । यो इरानमा ४० वर्षकै सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ ।
भूकम्पको केन्द्र पाकिस्तानी सीमामा रहेको खाश शहरको ८६ किलोमिटर टाढा छ । भूकम्पको धक्का पाकिस्तानको कराँची र क्वेटा शहरमा समेत सहसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्र सञ्चारबाट बिच्छेद भएको छ भने उद्दार तथा राहत टोली खटिएको छ ।
यसअघि १० अपि्रलमा गएको ६ दशमलब ३ रेक्टर स्केलको भूकम्पका कारण ३७ जनाको मृत्यु भएको थियो भने ८ सय ५० घाइते भएका थिए ।
भूकम्पले मध्यपुर्वका धेरै देशहरुमा धक्का दिएको प्राप्त खबरहरुमा जनाइएको छ । 
भूकम्पको सम्युत्त अरब एमिरेट्स युएईमा समेत धक्का महसुश गरिएको छ । दिउंस १ बजेर ३४ मिनेट जादा युएईमा भूकम्पको महसुश गरिएको हो । अग्ला भवनका माथिल्ला तल्लाहरुमा रहेका मानिसहरुले यो धक्काको सजिलै महसुस गरेका थिए । भूकम्पको महसुस गरे लगत्तै मानिसहरु हतारिदै खुल्ल्ला पार्क/तथा मैदानमा जम्मा भएका थिए । पार्क तथा खुला मैदानहरु खचिखचाउ देखिन्थे । पार्कमा जम्मा भएका मानिसहरुले कार्यलय भवन बाट आउन बाँकी तथा आउन नसकेका र आ-आफ्ना घर परिवारलाई संपर्क गरेर खबर आदान प्रदान गरिरहेका थिए । 
Your image is loading...
यधपी युएईमा भूकम्पको धक्का महसुश गरिए पनि कुनै धनजनको क्षति नभएको स्थानिय प्रशाशनले जनाएको उद्रित गर्दै स्थानिय संचार माध्यमले जनाएका छन ।