“सोचेकै थिएन”

बाबु रोका मगर”अपरिचित”
असुरकोट-९,जोगिटारी,अर्घाखाँची  

समय ले यसरी धोका दिदो रहेछ सोचेकै थिएन
मान्छे यो हद सम्म गिर्दो रहेछ सोचेकै थिएन |

स्वर्गलाई धर्तिमा उठाएर ल्याउने कोशीस मा स्वयम
मान्छे नै स्वर्गमा उठ्दो रहेछ सोचेकै थिएन |

सिंचेर आफ्नो रगत पसिनाले जसलाई जोगाइ राखे
बगैंचा त्यो फुल ले छल्दो रहेछ सोचेकै थिएन |

म बनाउदै गए नक्शा नयाँ निर्माण को
मृत्‍यु मा यो निर्माण ढल्दो रहेछ सोचेकै थिएन |

समय को जादुखेला बुझ्नै सकेन आज सम्म
कहिले,कहाँ,कसरी सबै छुट्दो रहेछ सोचेकै थिएन |