– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – प्रहरीले १ सय ८२ थान संकलित हतियार सार्वजनिक गरेको छ ।
गाउँमा पुगेर प्रहरीले ईजाजत प्राप्त नभएका हतियार संकलन गरको हो । गाउँमा लुकाई राखेका अवैध हतियार घर-घरमै संकलन गरिएको हतियार मध्ये ११ जान बेसाबुत रहेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले बुधवार सार्वजनिक गर्दै अवैध हतियार संकलन कार्य जारी रहेको बताए ।
तीन ईलाका र आठ प्रहरी चौकी सबै भरुवा बन्दुक एक महिनाको अवधीमा जम्मा भएका हुन । घरमा राखेका हतियार छन भने मातहतको प्रहरी चौकीमा बुझाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । थप ३० दिन भित्र ल्याउन सुचना जारी भएको छ, उनले भने, त्यसपछि नल्याउनेलाई कानुन अनुसार कारवाही हुन्छ ।
अवैध हतियार मुक्त गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार हतियार संकलन गरिएको हो । सबैभन्दा बढी खिदिम प्रहरी चौकीले ४९ थान र सिद्धारा प्रहरी चौकीले ३२ थान भरुवा बन्दुक जम्मा गरेको छ ।
गाउँमा हतियार नभएपछि अपराध नियन्त्रणमा सहज हुने त्रास र अपराधी मनोवृद्धि हटने उनको भनाई छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।