पाकिस्तान । पाकिस्तानी पुर्व सैनिक शासक परवेज मुसर्रफलाई पक्राउ गर्न पाकिस्तानको उच्च अदालतले आदेश दिएको छ ।
मुसर्रफलाई सत्तामा रहँदा सन् २००७ को मार्चमा न्यायधीशहरुलाई घरमै नजरबन्दमा राख्ने आदेश थिएको बारेमा परेको मुद्धामाथि सुनुवाईको क्रममा अदालतमा बोलाएको थियो । मुसर्रफ आज अदालतमै उपस्थित भएको बेला न्यायाधीशहरुले पक्राउ पुर्जी जारी गरेका थिए ।
अदालतको आदेश आउँदा प्रहरी अदालत परिसरमै भएपनि उनी पक्राउ परेनन । पूर्व सैनिक शासक तत्कालै आफै आफ्ना सुरक्षा सहयोगीका साथमा अदालत बाहिर निस्केका थिए ।
मुसर्रफले उच्च अदालतको आदेश विरुछ सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने छन् । वर्षौको सो निर्वासन सकिएपछि हालै पाकिस्तान फर्किएर चार निर्वाचन क्षेत्रबाट चुनाव लडने घोषणा गरेको मुसर्रफको उम्मेदवारी सवै क्षेत्रबाट अस्वीकृत भएको छ । मुसर्रफले उनी सत्तामा रहँदा गरेका कामहरुलाई लिएर कयौँ मुद्धाको सामना गर्नु परिरहेको छ ।
AGENCIES