अर्धभूमीगत कम्युनिस्टका नेपाली गुरु सिहं सन्धिखर्कमा/चुनाव बाहेक अरु विकल्प छैन:सिंह

– वीरेन्द्र केसी
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशको निकासका लागि चुनाव नै एक मात्र विकल्प भएको दावी गरेका छन । उनले चुनाव हुन नदिन पडयन्त्र भैरहेकोले शंका उत्पन्न भएको बताए । मंसिरमा चुनाव हुन्छ भन्नेमा विश्वस्त छैन, रिपोटर्स क्लब अर्घाखाँची शाखाले गरेको साक्षात्कार कार्यक्रममा सिंहले भने, व्यापक जनदवाव दिनुपर्छ। 
चुनाव हुन नदिन वैद्य पक्षीय माओवादी र भारतीय विस्तारवाद लागि परेको आरोप लगाए । 
वैद्यले चुनावको विरोध गर्नु सिधै प्रतिगमन लाई सघाउ पुयाउने हो, उनले भने, राजलाई अप्रत्यक्ष रुपमा मद्दत पुराएका छन । वैद्यले क्रियाकलाप देशलाई प्रतिगमनतिर धेकेल्ने काम गरे । संविधानसभा देखी खाली नकारात्मक भुमिका भएकाले राजा फर्काउन मद्दत पुयाएकाले सबैभन्दा खुसी राजावादी भएको आरोप लगाए । उच्च क्रान्तिकारी नारा दिएर प्रतिगनमलाई फाईदा पुगेको छ, उनले भने यसबाट राजावादीहरु प्नि वैद्यबाट खुसी छन । चुवान बिथोल्ने पडयन्त्रले गणतन्त्रलाई ठुलो असर पर्ने सिंहको दावी छ । काग्रेस र एमाले एमाओवादीको एजेण्डाको पछि लागेको आरोप लगाए । 
संविधानसभाको चुनाव र खिलराज सरकारलाई असफल बनाएर फेरी सत्तामा आएर सत्ता कब्जाको राणनीतिमा एमाओवादी लागेका छन, उनले भने, संविधानसभा भंग हुनुमा पनि एमाओवादी नै दोषी छ । भारत र पश्चिमी मुलुकले नेपाललाई जातीय कुरा उठाएर नेपाललाई विखण्डन गर्ने पडयन्त्रमा छन, उनले भने, जातीय र क्षेत्रीयलाई संघीयतामा लैजाने कुराले देश विखण्डन गर्छ । एमाओवादी यस्तो विकृतीलाई बोकेर हिडेको  छ । यसले देश र जनतालाई ठुलो घात हुन्छ । मंसिरमा चुनाव गराएर संविधानसभाबाटै लोकतान्त्रिक संविधान बन्नु पर्ने मसालको एजेण्डा रहेको छ तर दुवैमा शंका उत्पन्न भएको धारणा व्यक्त गरे । 
कार्यक्रम क्लबका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीको अध्यक्षता र वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो । रिपोटर्स क्लबमा सिंह आएको पहिलो पटको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु