– वीरेन्द्र केसी
अर्घाखाँची एमाओवादी नेता टोपबहादुर रायमाझीले असारमा चुनाव गराउन नसके खिलराज नेतृत्वको सरकारको औचित्य समाप्त हुने दावी गरेका छन । उनले दलहरुको सहमतीमा असार भित्रै चुनाव गराउने मात्रै सरकारको म्याण्डेट भएको दावी गरे ।
चुनावको मिति घोषणा नगर्दा शंका उत्पन्न भएको छ’, रिपोटर्स क्लवको साक्षात्कार कार्यक्रममा उनले भने, ‘खिलराज सरकारले चुनाव गराउने तिर भन्दा पनि सरकारको आयु लम्ब्याएर जागिर खाने तिर लागेको छ ।’ चुनावको मिति घोषणा गर्न जनदवाव दिनुपर्ने बताए । असारभित्रै चुनाव गराउने भन्ने सहमतीमा बाबुराम भटर्राईले सरकार छाडेका हुन । मंसिरको कुरै थिएन असारमै चुनाव सम्पन्न गराउने भनिएको हो ।
उनले विरोधमा उत्रिएका मोहन वैद्य र उपेन्द्र यादव लगायत असन्तुष्ट दललाई विरोधमा विरोध मात्रै नभएर सहमतीमा आई चुनावमा भाग लिनुको विकल्प नभएको बताए । उनले कसैले विरोध गर्दैमा चुनाव नरोकिने दावी गर्दै देशलाई निकास दिन चुनाव भएरै छाडने बताए ।
कार्यक्रममा राजमोका महासचिव सन्तबहादुर नेपालीले चुनाव हुने सुनिश्चित नहुदा संक्रमणकाल लम्बिदै जाने बताउदै चुनाव नभए राजवादीहरुलाई फाईदा हुने दावी गरे । उनले मुलुकलाई निर्दलियता तिर लानुमा चार दल दोषी भएको आरोप लगाए । उनले संविधान नबन्नु र निर्दलीयताको मुख्य दोषी एमाओवादी भएको दावी गरे ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।