विश्वको चर्चित समाचार एजेन्सी एपीको ट्वीटर ह्याक/

विश्वको चर्चित समाचार एजेन्सी एपीले ट्वीटर एकाउन्टमा हृवाइट हाउसमा विस्फोट भएको र राष्ट्रपति बाराक ओबामा घाइते भएको समाचार पोष्ट गरेपछि ठूलै हलचल मच्चिएको छ । तर, यो खबर गलत थियो र एपीले प्रष्ट पारेको छ कि उसको ट्वीटर एकाउन्ट हृयाक भएको छ । तर, एपीले स्पष्ट्रीकरण दिँदासम्म यो खबर धेरै पटक री-ट्वीट भइसकेको थियो र परालको आगो झै फैलिसकेको थियो । यहाँसम्मकी अमेरिकी खुफिया एजेन्सीले यस घटनाबारे जाँच भइसकेको बताएको थियो ।
  
एपीको यस्तो ट्वीटको केहीबेरमा हृवाइट हाउसका प्रवक्ताले पत्रकारहरुसँगको कुराकानीमा आबामा पूर्ण रुपमा ठिक रहेको बताए । तर, त्यसबेलासम्म अमेरिकी बजारमा हाहाकार मच्चिसकेको थियो । डाउ जोन्सको औद्योगिक औसत १ सय ५० अंक तल झरिसकेको थियो । हृवाइट आउसका प्रवक्ताको भनाईपछि बजार केही सम्हालिएको छ ।
एपीको एकाउन्ट हृयाक गरेर लेखिएको थियो-ब्रेकिङः हृवाइट हाउसमा दुई बम विस्फोट र बाराक ओबामा घाइते । सिरयाली राष्ट्रपति बसर अल असदको समर्थक समूहले हृयाकको जिम्मेबारी लिएको छ । सिरियन इलेक्ट्रोनिक आर्मी नाम गरेको संगठनले एएफी, स्काई न्यूज अरबिया, अल जजीर मोबाइल र सीबीएस न्यूजको ट्वीटर एकाउन्ट हृयाक गरेको दावी गरेको छ । एजेन्सी