बंगलादेशमा ८ तले घर भत्कियो, १ सय भन्दा बढीको मृत्यु

बंगलादेशको राजधानी ढाकामा ८ तले घर भत्किँदा कम्तीमा १ सयको मृत्यु भएको छ । ६ सयलार्इ उद्धार गरिएपनि अझै केही मानिस भग्नावशेसमा फसेको आशंका गरिएको छ ।   
घटनामा २ सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । घाइतेहरुको उद्धारमा सेनासहितको टोली जुटेको छ ।
शहरको बाहिरी इलाका सावामा रहेको राना प्लाजा भत्किएको हो । जहाँ, एक कपडा फ्याक्ट्री र बैंक पनि थियो । मानिसहरुको ठूलो भिड रहेको समयमा भवन भत्किएको बीबीसीले जनाएको छ । घर किन र कसरी भात्कियो भन्ने बारे केही खुलेको छैन ।