चीनमा झडप, १५ सुरक्षाकर्मीसहित २१ को मृत्यु

एजेन्सी-चीनको सिन्झआङ प्रान्तमा भएको झडपमा २१ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा १५ सुरक्षाकर्मीसमेत रहेका छन् । सुरक्षाकर्मीले सर्वसाधारणको घरमा रहको हतियार खोजीका क्रममा एक समूहले आक्रमण गरेका थिए ।
कासागार क्षेत्रमा भएको उक्त घटनामा मारिने अन्य ६ जना आक्रमण गर्ने समूहका व्यक्ति रहेको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको सो क्षेत्रमा जातीय समूहबीच द्वन्द्व हुनेगरेको छ । विषेशत: मुस्लिम युगार र हान चाइनिज कम्युनिस्टबीचमा संघर्ष हुने बिबिसीले जनाएको छ ।