राकेश कार्की
लस् एन्जेलस्
दिउँसै फूलहरु लुक्न थाले नदी-नाला तालहरु सुक्न थाले ।
अझ अझ तँ गधा भन्दै
मनपरी गाली गर्दै थुक्न थाले ।
आयो आयो मा-यो भन्दै
हातले छेक्दै शरिर झुक्न थाले ।
झुण्ड झुण्ड मान्छेको खल्बली
जोड जोडले कुकुर भुक्न थाले ।
भूत पिशाच हो कि भन्दै धामीले मंत्र पढ्दै फुक्न थाले ।
आफ्नै देशमा हिँडेका बटुवा अर्का देश हो कि भन्दै रुक्न थाले ।
(लेखक कार्की लस् एन्जेलस् मा इन्जिनियरको रुपमा कार्यरत कवी हुन ।)