मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजीनामा माग

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिँदा राम्रो हुने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौंको ११औंजिल्ला अधिवेशन उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले प्रधानन्यायाधीशबाट राजीनामा दिए धेरै विवाद समाधान हुने बताए।

 
उनले नागरिकता वितरण गर्दा विदेशी नागरिकले नागरिकता नपाउन् र नेपाली नागरिक नछुटुन् भनेर विशेष सावधानी अपनाउनुपर्ने धारणा राखे। आन्दोलनरत दललाई निर्वाचन प्रक्रिया नविथोल्न आग्रह गर्दै नेता नेपालले निर्वाचन विथोल्दा देश र जनतालेनै दुःख पाउने टिप्पणी गरे।

 

नेता नेपालले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने जिम्मा सरकारको भएको बताउँदै निजी क्षेत्रलाई यी क्षेत्रमा लगानी नगरी अन्य क्षेत्रमा लगानी गर्न सुझाव दिए। शिक्षक सङ्गठनको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुनेछ।

 

यसैगरी सगरमाथाका कानुन व्यवसायीले चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधान न्यायाधीश पद छाड्न भनेका छन्। गाईघाटमा सम्पन्न प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको अञ्चलस्तरीय भेलाले यस्तो माग अघि सारेको हो।


कानुन व्यवसायीको भेलामा वर्तमान राजनीतिक परिस्थिति, कानुनी शासन, कानुनी सेवालगायत विषयमा व्यापक छलफल भएको सहभागी वकिलहरुले जानकारी दिए। छलफलमा सर्वोच्च न्यायालयमा वहालवाला प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष बनाइँदा कानुनी शासन र विधि