कविता – कोलोराडो

– राकेश कार्की
 लस् एन्जेलस्
जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो
हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परिवार चढेको गाडी
बढ्दै गयो माथी माथी अगाडी
छोडियो बोल्डर शहर तल
ठमेल सम्झाउने नेपालीको पसल
चुचुरोमा हिँउ काखमा ताल
पोखरा झल्काउने कोलोराडोको कमाल
माथी सोसोनी शिव पार्वती मंन्दीर
शीरमा पहाड दुरूस्त गौरीशंखर
खोल्साखोल्सी बेसीमा नेडरल्याण्ड शहर
सन्तुष्टी मिल्यो चरिकोट पुग्ने रहर
झुरूप्प झुरूप्प झिलिमिलि घर
हार्इवे २५ हुँदै दोडदैछ डेनभर
रानीवन झैँ वन छ फाँटको माँझ
ग्रीनवुड भिलेजमा यात्राको साँझ ।।