– बाबु रोका मगर
नेपोलियन बिद्दान अनी कलाकारहरुको धेरै सम्मान गर्थे उनीहरुलाई राष्ट्र को धरोहर अनी राष्ट्र को प्रमुख गहना को रुपमा देख्ने गर्थे | उनी सँग यस्ता ब्यक्तीहरु जहिलेपनि आउदथे पर्याप्त आदर-सत्कार अनी राम्रो सम्मान पाएर नै जाने गर्थे | नेपोलियन को मन्त्री ले पनि यो नियम को समुचित पालना गर्ने गर्थे |
एक पटक नेपोलेयन को दरबार लागेको थियो त्यहाँ कहियौ किसिमका ब्यक्तिहरु को उपस्तिथी थियो यिनिहरु मध्य एक चित्रकार पनि थियो जो अत्यन्त निर्धन थियो नेपोलियन ले ति चित्रकार प्रती कुनै बिशेष ध्यान दिएनन् | जब ऊ दरबारमा आयो उसको फाटेको र मैलो कपडा देखेर नेपोलियन सहीत कसैले पनि उसको आदर सम्मान गरेनन् र उसलाई अलग्गै स्थान मा बस्नको लागि आदेश दिए केही छिन् पछी उस चित्रकार ले आफु भित्रको हुनर (क्षमता) देखाउने अबसर पायो तब उसले सबैको मन जित्न सफल भयो उत्कृष्ट चित्रकारी देखेर नेपोलियन पनि अती प्रभाबित भए र उनले उठेर चित्रकार सँग हात मिलाए साथै समुचित सम्मान दिएर उसलाई छोड्न आफ्नो ढोका सम्म आए चित्रकार लाई नेपोलियन को बदलिएको व्यबहार देखेर आश्चर्य लाग्यो उसले सोध्न लाग्यो- श्रीमान जब म यहाँ आएको थिए त्यतिबेला त हजुरले मलाई हजुरको नजिक उभिन पनि दिनु भएन तर अहिले हजुरले मलाई बाहिर सम्म छोड्न आउनु भयो ? के म यसको कारण जान सक्छु ?
नेपोलियन ले भने- आउँदाखेरी जो सम्मान गरिन्छ त्यो मानीस को भेषभूषा बाट तय हुन्छ | तर जादाखेरी जो आदर हुन्छ त्यो उसभित्रको गुण देखेर हुन्छ लगाउने बाहिरको चिज जबकी ज्ञान र गुण आन्तरिक सम्पन्नता हो नेपोलियन को यो भनाइ मा चित्रकारले आफ्नो प्रश्न को सहि उत्तर पायो उनको महानता देखेर कायल भयो |