खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी

– गणेश खनाल

 

बॉगी, अर्घाखॉची बैशाख २२ गते । अर्घाखॉचीमा खुल्ला दिशा मुक्त घोषण गर्ने अहिले लहर नै चलेको छ । सोही अभियमान अन्र्तगत आईतवार बॉगी वाड नम्वर ८ र ९ तथा सिद्ध मा वी भण्डारको सेवा क्षेत्रलाई एक समाहरोका विच खुल्ला दिशा मुक्त क्ष्ँेत्र घोषणा गरिएको छ ।

 



अव देखी बाहिर दिशा नगर्ने प्रतिवद्धताका साथ स्थानीयहरु भोज भतेर र सास्कृतीक कार्यक्रमको आयोजना गरि  छमछमी नाचेर रमाएका थिए । घोषणा सभामा बोल्ने बत्ताहरुले सिङ्गगो गाविसलाई नै छिट्टै पुर्ण सरसफाई भएको गाविसका  रुपमा चिनाउन शुभकामना दिएका थिए ।

 



यसरी मन्तव्य राख्नेहरुमा गाविस सचिव भेषराज पन्थ, जिल्ला विकास समितीका प्रावधिक हरिश चन्द्र पाण्डे, खानेपानी कार्यालयका नेत्र प्रसाद लामीछाने, प्रागका सचिव प्रेम नारायण गैरे, सिसेकका सचिव गोपाल पन्थी
भिवार सिसिका सचिव तिलक मिश्र, एकिकृत नेकपा माओवादीका जिन्दग खड्का, नेपाली काग्रेसका गाउ कार्य सभापति ठाकुर पन्थी,नेकपा एमाले गाउ कमिटी अध्यक्ष्ँ हुम बहादुर महत,राजमोका प्रतिनिधी गिरी प्रसाद आचार्य,शान्ति उच्च मावीका प्राचार्य मान बहादुर पाण्डे लगाएतले दिर्घकालिन कार्यन्वन रुपमा निरिन्तर दिन विशेश जोड दिएका थिए ।

 



विर बहादुर कुवरको अध्यक्ष्ँता,थम्मन विर शाहको स्वागत र तिलक टण्डनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्ध मावीका प्रअ दिनेश के सी,पत्रकार गणेश खनाल,क्वल प्रतिनिधी शुशिला बजान्डे,स्वय सेविका चन्द्रा बस्नेत,सामाजिक सहजर्कता यशोदा पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु