संघीय लिम्बुवान कार्यकर्ता र प्रहरीबीच धनकुटा र पाँचथरको सीमामा पर्ने बुधबारेमा झडप, १० पक्राउ

पाँचथर  । मतदाता नामावली संकलनमा अवरोध गरिरहेको संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ता र प्रहरीबीच धनकुटा र पाँचथरको सीमामा पर्ने बुधबारेमा झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा परिषद्ले बुधबारेमा कोणसभा पनि गरेको छ ।


प्रहरीले सवारी साधनमा तोडफोड गर्नेलाई सुनसरीको इटहरीबाट आज पनि सात जना र हडिया बुधबारे झापाबाट तीन जनालाई पक्रेको छ । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले इटहरीमा चार वटा गाडी तोडफोड गरेका छन् ।


तोडफोडबाट दुईवटा जीप, एउटा रात्री बस र एउटा माइक्रोबसको सिसा फुटेको छ । बन्दले पूर्वको जनजीवन कष्टकर बनेको छ । बन्दको दोस्रो दिन मेची तथा कोशी राजमार्गमा यातायातका साधन चलेका छैनन् ।


शैक्षिक संस्था, पसल, कलकारखाना ठप्प छन् । धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस वुधबारेमा मतदाता नामावली संकलन भइरहेको समयमा विरोध गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै परिषदले बन्द गरेको हो ।

 

rss