राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची । सरकारबाट दिईने राहतमा भेदभाव भएको द्धन्द्धपीडितको गुनासो छ । द्धन्द्धपीडित व्यक्तिको पहिचान नहुँदा तालीम र राहतमा दलीय बाड्फाडले वास्तविक द्धन्द्धपीडित सरकारी सेवा सुविधासँगै अवसरबाट वञ्चित हुनुपरेको दुखेसो पोखेका छन  ।

 



शान्ति मन्त्रालयबाट जिल्लामा आउने राहत कार्यक्रममा गैरद्धन्द्धपीडितले फाईदा लिने गरेको उनीहरुको गुनासो छ । दलीय पहुचका आधारमा सामान्य एक-दुई दिन हिरासतमा बसेको व्यक्तिले ठुलो राहत र अवसर पाएका छन तर द्धन्द्धमा ज्यानै गुमाएका परिवार वञ्चित हुनुपरेको छ, रिपोर्टर्स क्लवले गरेको साक्षात्कार कार्यक्रममा राज्य पक्षबाट वुवा गुमाएका सिद्धाराका विशाल खडकाले भने, वास्तविक द्धन्द्धपीडित को हो र कस्तो राहत पाउने भन्ने पहिचान भएन । द्धन्द्धपीडितको नाममा आउने राहत वितरणमा असमानता भयो ।

 



स्थानीय शान्ति समितिकी सदस्य एवं द्धन्द्धमा माओवादीबाट वुवा गुमाएकी सृजना पोखरेलले विभिन्न सिपमुलक तालिमको आयोजना हुन्छ त्यसमा राजनीतिक भागवण्डाकै आधारमा सहभागीको उपस्थिति हुन्छ, वास्तविक परिवार गुमाएका, अंगभंग भएका व्यक्तिहरु वञ्चित भएको बताई । राज्य र विद्रोही पक्षबाट एक-दुई दिन हिरासतमा परेकाले अवसर पाउन्छन । पहिचान नहुँदा अवसर र राहत असमान भयो । माओवादीको आरोपमा आमा गुमाएकी अर्घाकी प्रतिभा आचार्य भन्छिन, सिपमुलक तालिममा अर्घा र सिमलपानी गाविस सचिवले गैरद्धन्द्धपीडितलाई द्धन्द्धपीडित भनि सिफारिस गरे । सानो सिपमुलक तालिमपछि द्धन्द्धपीडितले जीवन चलाउने ठाउँमा पनि पहुचवाला र ठाडाबाठाले मात्र पाउदा समान्य द्धन्द्धपीडितले थाहै नपाउने गरेको कार्यक्रममा उपस्थित अधिकांश द्धन्द्धपीडितको एउटै आवाज थियो ।

 



 घरेलु कार्यालयमा आउने विभिन्न तालिममा पनि यस्तै हुने गरेको छ । द्धन्द्ध पीडितको नाममा आफुसुखी मान्छे सहभागी गराएपछि हामीले बुझ्न खोज्दा कार्यालय प्रमुखले झपारे, उनले भनिन, हुदै नभएका सहभागी गराएर पीडितलाई घर फर्काईयो । सरकारले ज्यान गुमाएका परिवारका छोराछोरीलाई १८ वर्षसम्म उच्चशिक्षा मात्रै होईन स्नोकोत्तर तहसम्म निशुल्क गर्नुपर्छ । १८ वर्षपछि के गर्ने ? न पढने पैसा छ, न अभिभावक, अझै अलपत्र परिने भयो उनले भनिन । माओवादीबाट विस्थापित भएका वागीका भुमबहादुर महतले भने, ९ वर्षदेखी मेरो घरको ताला खुलेको छैन, अहिले घर भत्किएको छ, रित्तो घरमा कसरी के खान जाने ? सरकारले वास्ता गरेन ।

 



 द्धन्द्धको बेला बारम्बार राज्यपक्षबाट यातना पाएका शिक्षक रामबहादुर रायमाझीले दलहरुले अन्य क्षेत्रमा जस्तै द्धन्द्धपीडितलाई व्यालेस गरी दलीय रुपमा बाड्फाड गर्नु दुःखद भएको बताए । पहिचान गरिएन ।  कस्तो द्धन्द्धपीडितले के सुविधा पाउने भन्ने छुटाईएन, राजनीतिक पार्टीले प्रतिशतका आधारमा बाडदा ज्यान गुमाएका परिवार वञ्चित रहेको द्धन्द्धपीडित स्मृती प्रतिष्ठानका उपाध्यक्ष हेमन्त बेलवासेले बताए । पहिचान नगर्दा राहतमा विभेद भएको छ । द्धन्द्धको बेला माओवादीले अर्घातोषको घरबाट १८ लाख ९० हजार रुपैया लुटेर लगेका थिए, व्यापारी देवराज श्रेष्ठले भने, अहिलेसम्म सरकारबाट राहत पाईन, गिरिजाबाबु कहाँ गएर भन्दा पनि केही भएन ।
 उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दलको आडमा सिफारिस गर्दा वास्तविक पीडित वञ्चित हुने गरेको बताउदै द्धन्द्धपीडितको पहिचान गरेर सरकारले रोजगार र शिक्षाको ग्यारेन्टी गर्नुपर्ने बताए । शिक्षा अधिकारी मित्रमणी खनालले १८ वर्ष उमेरसम्मका ३ जना द्धन्द्धपीडित बालवालिकाले छात्रवृद्धि पाएका बताए । विद्यालयमा वालवालिका खोज्दैछौ, उलने भने, गत वर्ष छात्रवृद्धिका लागि आएको १ लाख ६० हजार रुपैया फ्रिज भयो । स्थानीय विकास अधिकारी हेमराज भुसालले ३१ ज्ना विद्युवालाई राहत दिएको बताए ।


स्थानीय शान्ति समितिका संयोजक रामजीप्रसाद घिमिरेले द्धन्द्धपीडितलाई भेदभाव नभएको बताए । उनले जिल्लामा १ सय १६ मृतकका परिवार मध्ये १ सय ११ ले राहत पाएको र द्धन्द्धमा अन्य प्रकृतीका पीडितले पनि प्रक्रियामा रहेकाले राहत पाउने बताए । कार्यक्रममा पुर्व संयोजक विष्णु मुस्कान र सदस्य ठाकुर विकले  शान्ति मन्त्रालयबाट वर्षमा आउने ५ लाख रुपैयाले द्धन्द्धपीडितको माग सम्बोधन गर्न नसकिएकाले मन्त्रालयमा माग गर्न जाने बताए ।

 

 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेलले मृतकका परिवारले राहत पाउन बाँकी भए निवेदन लिएर आउन आग्रह गरे । प्रशासनमा अहिले द्धन्द्धपीडित सम्बन्धी कुनै निवदेन नभएको बताए ।

 

कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र केसीको विषयवस्तु प्रवेश र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु